विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनमा मनोनयनतर्फका प्रतिनिधि छननेट गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
आज शुक्रवार बसेको स्थायी कमिटी बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । एक हजार चार सय ८३ प्रतिनिधि नियमित प्रक्रियाबाट आएका छन् भने त्यसको १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ । १० प्रतिशत मनोनयन गर्दा एक सय ४८ जना प्रतिनिधि छानिने छन् ।
यसअघि पाँच प्रतिशत मनोनयन गर्ने व्यवस्था रहेकोमा बढाएर १० प्रतिशत पुर्याइएकाे हो । माओवादीले यसअघि सम्मेलनमा एक हजार पाँच सय ३३ प्रतिनिधि हुने भनेकोमा अब त्यो सङ्ख्या एक हजार ६ सय आठ हुने भएको छ ।
स्थायी कमिटीमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएकाे राजनीतिक दस्तावेजमाथि भने भोलि शनिवार बस्ने बैठकमा छलफल हुने महराले जानकारी दिनुभयो । नेकपा माओवादीको राष्ट्रिय सम्मेलन पर्सि आइतवार ११ गतेदेखि १३ गतेसम्म काठमाण्डौमा हुँदैछ ।
यसैबीच नेकपा मसाल (सम्पर्क केन्द्र) र नेकपा माओवादी केन्द्रको एकीकरण भएको छ । नेकपा मसालबाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएको हो ।
काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकता भएको घोषणा गरिएको हो । घोषणा कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरू अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेको बताउनुभएको छ । उहाँले राजनीतिक परिवर्तन जोगाउन क्रान्तिका पक्षधर शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।