अबको एक/डेढ घण्टामा हुस्सु हट्छ : मौसमविद्

 पुष १६, २०७८ शुक्रबार ९:४६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बिहानैदेखि लागेको बाक्लो हुस्सु, कुहिरोका कारण काठमाण्डौकाे भिजिबिलिटी घटेको छ ।

यसले गर्दा आन्तरिक र बाह्य उडान अवतरण नै ठप्प भएको छ । बिहानदेखि नै कुनै पनि उडान अवतरण हुन सकेको छैन ।  बाक्लो हुस्सुले अवतरण हुन नसकेपछि काठमाण्डौ आएका आठ वटा जहाज आकाशमै घुमिरहेका छन् ।तर, काठमाण्डौ उपत्यकामा लागेको बाक्लो हुस्सु, कुहिरो बिस्तारै हट्न थालेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बिहान एक सय मिटरमा झरेको भिजिबिलिटी अहिले दुई सय मिटरमा पुगेको छ । अबको एक/ढेड घण्टा पछि उडान अवतरण गर्न मिल्ने गरी भिजिबिलिटी बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ । घाम नलाग्दा कठ्याङ्ग्रिँदो चिसो छ ।

काठमाण्डौको बिहान पौने नौ बजेको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज दिउँसाे उपत्यकामा घाम लाग्ने मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया