सौर्य एअरलाइन्सबाट ५० लाख रुपैयाँ बरामद : रकम सङ्कलन गर्न आउने कर्मचारीबारे अनुसन्धान चल्दै

 पुष १८, २०७८ आइतबार १३:१८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सौर्य एअरलाइन्सबाट प्रहरीले ५० लाख रुपैयाँ बरामद गरेको छ ।

हिजो दिउँसो एक बजेर ५५ मिनेटमा विराटनगरबाट काठमाण्डौ उडान गरेको सौर्य एअरलाइन्सको उडान नम्बर ७२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जाँच गर्दा स्रोत नखुलेको ५० लाख रुपैयाँ फेला पारेको हो ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीलाई प्राप्त गोप्य सूचनाको आधारमा खटिएका सादा पोसाकका प्रहरीले भद्रपुर लेखिएको रातो रङ्गका झोला जाँच गर्दा झोलाभित्र रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुनमा एक हजार दरको ४ हजार ९ सय ५० र पाँच सय दरका सय वटा नोट गरी ५० लाख रुपैयाँ फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

फेला परेको रकम सङ्कलन गर्न आउने एअरलाइन्सको कार्यालय सहयोगीका रुपमा कार्यरत रेशा शाक्य पोखरेललाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया