अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आगामी कात्तिक १६, १७ र १८ गतेदेखि हुने भएको छ । सोमबार राति सकिएको केन्द्रीय कार्यसमितिको बैठकले १२ औ महाधिवेशन कात्तिक १६, १७ र १८ गते गर्ने निर्णय गरेको अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो । महाधिवेशन स्थल भने तोक्न बाँकी रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष महरले पेश गरेको कार्यतालिका बैठकले अनुमोदन गरेको हो । जसअनुसार असोज ७ गते विद्यालय र क्याम्पसको अधिवेशन सुरु हुनेछ । १२ गते स्थानीय तहमा, १५ गते निर्वाचन क्षेत्रमा, २१ गते जिल्लामा र कात्तिक १० र ११ गते सातवटै प्रदेशमा अधिवेशन गर्ने तालिका रहेको उहाँले बताउनुभयो । काठमाडौं उपत्यकाको क्याम्पस असोज २३ गते गर्ते तयारी छ । महाधिवेशन प्रतिनिधिको नाम कात्तिक १३ गते र अन्तिम नामावली कात्तिक १४ गते प्रकाशन, १६ गते महाधिवेशन उद्घाटन तथा १७ र १८ गते बन्द सत्र गर्ने अध्यक्ष महरले उज्यालोलाई जानकारी दिनुभयो ।
विभिन्न तहका अधिवेशन सम्पन्न गर्न कडा नियम सहितको सर्कुलर बनाउने र कुनै पनि केन्द्रीय प्रतिनिधिले आफुखुशी नाम टाँँस्ने काम गरे त्यस्ता प्रतिनिधि र उनीहरुले जिम्मेवारी दिने नेतालाई पनि कारबाही गरिने उहाँले बताउनुभयो । महाधिवेशनका लागि नेविसंघभित्र सवैको साझा धारणा रहेकाले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुने पनि अध्यक्ष महरले दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।