शान्ति, सुरक्षा खलबलिने अभिव्यक्ति नदाेहाेर्‍याउन मन्त्री यादवलाई आयाेगकाे आग्रह

 माघ २०, २०७८ बिहीबार १९:५६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले जिम्मेवार पदमा रहेका व्यक्तिहरूले अभिव्यक्ति दिँदा मानव अधिकारको मूल्य मान्यतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचैनलाई ख्याल गर्न आग्रह गरेको छ ।

आयोगले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बोलाएर यस्ताे आग्रह गरेको हो । आयोगले समाजमा शान्ति, सुरक्षा खलबलिने खालका अभिव्यक्ति भविष्यमा नदिन मन्त्री यादवलाई आग्रह गरेको छ । मन्त्री यादवले आफूले श्रद्धाञ्जली सभामा अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगेको र भविष्यमा यस्ता अभिव्यक्ति नदोहोरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफूले दिएको अभिव्यक्ति असन्तुलित भए पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको बताउनुभयो ।

मन्त्री यादवले यही माघ ५ गते समाजवादी युवा सङ्घले रौतहटको गौरमा आयोजना गरेका सभामा दिएको अभिव्यक्तिलाई लिएर सर्वत्र विरोध भएको थियो । 

आयोगका अध्यक्ष तपबहादुर मगरले मन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्‍याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदिन आग्रह गर्नुभयो । उहाँले  राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्‍याउन मन्त्री यादवलाई निर्देशनसमेत दिनुभयो । 

अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भए पनि त्यो अनियन्त्रित र सीमाविहीन हुन नसक्ने, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा चोट पुग्न सक्नेतर्फ सचेत रहनुपर्ने आयोगका अध्यक्ष तथा सदस्यहरूको आग्रह थियो ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया