कुर्था–जयनगर रेल आउँदो महिनादेखि चलाउने तयारी : सामान्यको ७० र एसी सिटमा तीन सय रुपैयाँ भाडा

 माघ २१, २०७८ शुक्रबार ११:२४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म आउँदो महिनादेखि रेल चलाउने तयारी भएको छ ।

रेल सेवा सञ्चालन हुने भएपछि धनुषाको जनकपुरधाम, औरही, जनकनन्दनीसहित विभिन्न पालिकाका बासिन्दा खुसी भएका छन् ।

रेल्वे लिकको काम सकिएको लामो समय भइसके पनि अहिलेसम्म सञ्चालन हुन सकेको छैन । आज चल्छ, भोलि चल्छ भन्दै निरास भएर बस्नुपरेका बेला अबको केही दिनमै रेल चल्ने कुराले उत्साहित बनाएको धनुषाको औरही गाउँपालिका–६ का विशोलाल यादवले बताउनुभयो ।

नेपाल रेल्वे कम्पनीले केही दिन अगाडि रेलको परीक्षण गरेको थियो । रेलका लागि जग्गा दिएका धनुषाको जनकनन्दनी गाउँपालिकाका रमेश मण्डलले पनि रेल चल्ने भएपछि उत्साहित भएको बताउनुभयो ।  २०७७ साल असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म झण्डै ३५ किलोमिटर चल्ने रेल सेवाका लागि सामान्य सिटमा ७० र एसी सिटका लागि तीन सय रुपैयाँ भाडा निर्धारण गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो ।
 
 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया