खो खो विश्वकप : नेपाली महिला टोलीको लगातार दोश्रो जीत
माघ १, २०८१ मंगलबार
काठमाण्डाै - सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
गएरातिदेखि वर्षा र असिनाका कारण मौसम प्रतिकूल भएकाले राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरिएको जनमत पार्टीले जनाएको छ ।
मौसममा एक हप्तासम्म यस्तै रहने पूर्वानुमान रहेको उल्लेख गर्दै जनमत पार्टीले राजमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका, नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने विज्ञप्तिमार्फत जनाएकाे छ ।
मौसममा सुधार आएपछि फागुन १ गतेदेखि आन्दोलनका कार्यतालिका अर्को बैठकबाट निर्णय गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
जनमत पार्टीले किसानका माग सम्बोधन नभएको भन्दै पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गर्दै आएको थियाे । पार्टीका कार्यकर्ताले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग राख्दै राजमार्ग ठप्प पार्दै आएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।