क्यानकाे साधारण सभा फागुन १३ र १४ गते धनगढीमा हुने, यस्ता छन् एजेन्डा

 माघ २१, २०७८ शुक्रबार १४:२३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले वार्षिक साधारण सभाकाे मिति ताेकेकाे छ । क्यानले आज शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो फागुन १३ र १४ गते धनगढीको एक होटलमा आयोजना हुने जानकारी दिएको हो ।

सार्वजनिक सूचनामा वार्षिक साधारण सभाका एजेन्डाबारे पनि बताइएको छ । साधारण सभामा वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन, लेखापरीक्षक नियुत्ति, सन् २०२२ को कार्यक्रम र बजेटबारे केन्द्रित हुने क्यानले जनाएको छ ।

यस्तै क्यानको आर्थिक नियमावली र कार्यविधिका साथै नयाँ जिल्ला सङ्घहरूलाई मान्यता दिने र केन्द्रीय समितिमा खाली पदहरूको पदपूर्ति सम्बन्धमा साधारण सभा केन्द्रित हुनेछ ।

कोराना सङ्क्रमणका कारण यस मितिमा भौतिक उपस्थिति हुन नसक्ने अवस्था भए भर्चअल माध्यमबाट भए पनि साधारण सभा आयोजना गरिने सूचनामा उल्लेख छ ।  

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया