च्याम्पियन्स ट्रफी : भारतसँगको खेलमा पाकिस्तान पहिला ब्याटिङ गर्दै
फागुन ११, २०८१ आइतबार
धनुषा – हावाहुरीका कारण मधेस प्रदेशमा तीन जनाको ज्यान गएको छ । हावाहुरीले रुख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
धनुषाको सबैला नगरपालिका १२ फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको रुख ढल्दा आठ वर्षीया प्रतिमाकुमारी सदा र सात वर्षीय अरबन्दी सदाको ज्यान गएको प्रहरीले जनाएको छ । हावाहुरीले रुख ढल्दा दुवै जनाको ज्यान गएको हो ।
यस्तै रौतहटको बौधीमाई नगरपालिका १ मा इँटाको घर ढल्दा ४५ वर्षीया फुलमती देवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसैबीच तीव्र हावाहुरीका कारण मधेस प्रदेश सभाको वार्षिकोत्सव समारोहसमेत स्थगित भएको छ । हावाहुरीले त्रिपाल र मञ्चमासमेत क्षति पुर्याएकाे थियो । वार्षिकोत्सव समारोहका लागि जनकपुरमा रहेको प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।