व्यावसायिक साझेदारहरूको हत्या गरेको आरोपमा ३ जना पक्राउ

 माघ २१, २०७८ शुक्रबार १६:२२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तीन जना व्यावसायिक साझेदारहरूको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले आज शुक्रवार पत्रकार सम्मेलन गरेर आर्थिक कारोबारमा विवाद आएपछि हत्या गरेको आरोपमा पक्राउ परेका अनिलकुमार मण्डलसहित तीन जनालाई सार्वजनिक गरेको हो ।  

आरोपीहरूमा सिरहा नगरपालिका २१ सिरहा घर भइ काठमाण्डाैकाे बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका ४ सिस्वनी घर भएका अमित साह भनिने दीनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षीय नासिर आलम रहेका छन् ।

अनिल मण्डलको योजनामा आफ्ना साझेदारहरू ४८ वर्षीय राजेन्द्र श्रेष्ठ, ३२ वर्षीय शम्भु चौधरी र मोहन लिम्बूको हत्या भएको प्रहरीको भनाइ छ । हत्यापछि श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान गाउँपालिका ७ मा उखुबारीमा गाडिएको अवस्थामा भेटिएको थियो । ६२ वर्षीय लिम्बूको शव हिजो बिहीवार ललितपुर महानगरपालिका १२ ठेचोमा गाडिएको अवस्थामा भेटिएको थियो ।

मुख्य आरोपी अनिलको जग्गा प्लटिङ र हाइड्रोपावर परियोजनासम्ममा लगानी रहेको प्रहरीको भनाइ छ । कारोबार रकम एकलौटी पार्ने उद्देश्यले साझेदारहरूको हत्या भएको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया