सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा १ सय २० जनाको ज्य...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताउनुभएको छ ।
आज आइतवार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधानअनुसार मनोनयन गरेका पदाधिकारीहरूलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले पार्टीभित्र कुनै पनि सदस्य असन्तुष्ट नरहेको बताउनुभएको हो ।
निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उहाँले त्याे विषयलाई निकट भविष्यमै टुङ्गोमा पुर्याउने बताउनुभयो । पार्टीको कार्यकर्ता र शुभेच्छुकहरूलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने उहाँले बताउनुभयो ।
अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘अहिले कोही पनि सदस्य साथीहरू राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन । निवर्तमान अध्यक्षजीसँग केही विषयहरू छन्, त्यस विषयमा हामी छलफलमा छौँ र त्यो विषयमा पनि हामी निकट भविष्यमै टुङ्गोमा पुग्छाैँ ।’
अध्यक्ष लिङ्देनले मनोनित गरिएका पदाधिकारीहरूलाई पार्टी कार्यालयमा आज स्वागत गर्नुभएको हो । मनोनित २४ पदाधिकारीमध्ये केही पदाधिकारी भने उपत्यकाबाहिर भएकाले उहाँहरूले पछि पत्र बुझ्ने पनि अध्यक्ष लिङ्देनले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।