नेपालले यूएईमा विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्ने

 माघ २५, २०७८ मंगलबार ६:५०:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

नेपालले विश्व कप लिग–२ अन्तर्गत यूएईमा त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्ने भएको छ ।

आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत यूएईले त्रिदेशीय एक दिवसीय श्रृङ्खला आयोजना गर्ने भएको हो । यो श्रृङ्खला मार्चको तेस्रो हप्ता गर्ने तयारी छ । त्रिदेशीय श्रृङ्खलाको तालिका भने सार्वजनिक हुन बाँकी छ । तर पपुवा न्युगिनी, नेपाल र यूएईबीच हुने भनिएको छ ।

नेपालले आईसीसी विश्व कप लिग–२ मा अहिलेसम्म दुई वटा त्रिदेशीय श्रृङ्खला खेलेको छ । नेपालले सन् २०२० मा घरेलु मैदान कीर्तिपुरमा ओमान र अमेरिकासँग खेलेको थियो । त्यस्तै असोजमा ओमानमा ओमान र अमेरिकासँग खेल भएको थियो ।

नेपाल विश्व कप लिग–२ मा आठ खेलमा चारमा जित र चारमा हारसहित छैटाैँ स्थानमा छ । सन् २०२३ सम्म चल्ने विश्व कप लिग–२ का शीर्ष तीन टोलीले सोझै एक दिवसीय विश्व कप छनोटमा स्थान बनाउने छन् ।

बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया