खो खो विश्वकप : नेपाली महिला टोलीको लगातार दोश्रो जीत
माघ १, २०८१ मंगलबार
काठमाण्डाै - स्थानीय तहको चुनावको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ । आजदेखि नामावली सङ्कलन कार्य बन्द गरिने आयोगले जनाएको छ ।
निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार चुनावको मिति घोषणा भइसकेपछि चुनावको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन ।
आयोगले चुनावलाई लक्षित गरी गएको मंसिर १७ गतेदेखि १९ गतेसम्म गाउँपालिका र नगरपालिकास्तरमै नामावली सङ्कलन गरेको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज नै ७७ वटै जिल्ला निर्वाचन कार्यालयलाई हिजोसम्म सङ्कलित मतदाता विवरण तीन दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिइएको बताउनुभयो ।
मन्त्रिपरिषद्को हिजोको बैठकले स्थानीय तहको चुनाव २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।