वैदेशिक सहायता बढ्यो, एक महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करो...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – कोरियाले कोरोनाको बुस्टर डोज समेत लगाएका अवैधानिक आप्रवासीलाई
बिना जरिवाना कोरिया छाड्ने अवसर दिएको छ । विदेशी नागरिकलाई कोरोनाको बुस्टर डोज खोप लगाउन प्रोत्साहन गर्नका लागि कोरियाले यो योजना ल्याएको कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
३० अप्रिल २०२२ सम्म कोरियामा कोरोना खोपको तेस्रो(बुस्टर) डोज लगाएका र ३१ अक्टोबर २०२२ सम्म स्वेच्छाले कोरिया छाड्ने अवैधानिक विदेशी नागरिकलाई जरिवाना छुट र प्रवेश प्रतिबन्धमा पनि फुकुवा हुनेछ ।
यस्तै २८ फेब्रुअरी २०२२ सम्ममा पूर्ण रूपमा खोप लगाएका र ३० अप्रिल २०२२ सम्ममा स्वेच्छाले कोरिया छाड्ने अवैध बासिन्दालाई जरिवाना छुट र प्रवेश प्रतिबन्ध भने निलम्बन हुने छ ।
आपराधिक कार्यमा संलग्न, खोप नलगाएका व्यक्तिहरू, कोभिड प्रतिबन्धको उल्लङ्घन गर्नेहरू र अध्यागमन अधिकारीहरूले पक्राउ गरेका अवैध विदेशी नागरिकको हकमा भने यो योजना लागू नहुने त्यहाँको अध्यागमनले जनाएको छ । खोप लगाएको इ प्रमाणीकरण वा प्रिन्ट कपी पेस गर्नपर्छ ।
स्वैच्छिक रूपमा स्वदेश फर्कनका लागि कोरियाको अध्यागमन कार्यालयमा गएर वा अनलाइन आवेदन भरेर बन्दरगाह वा एयरपोर्टमार्फत त्यसै दिन कोरिया छाड्न सकिन्छ ।
यसरी फर्कँदा लाग्ने जरिवाना सबै छुट् हुने छ भने प्रवेश प्रतिबन्ध निलम्बनबाट समेत छुट पाउन सकिन्छ । आवेदन प्रस्थानको मितिभन्दा कम्तीमा तीन दिन अघि पेस गर्न पर्छ । बिदाको दिनको गणना हुँदैन । थप जानकारीका लागि अध्यागमन केन्द्रमा १३४५ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
कोरियामा पछिल्लो समय ओमिक्रोन भेरियन्ट सङ्क्रमण बढिरहेको छ । तर खोप लगाउने विदेशी नागरिकको सङ्ख्या कम छ । विदेशी नागरिकमा सङ्क्रमण बढ्दै गएकाले समुदाय स्तरमा कोरोना फैलनबाट रोक्न कोरियाको न्याय मन्त्रालयले अपनाएका विभिन्न उपाय मध्ये यो योजना पनि रहेको दूतावासले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।