खो खो विश्वकप : नेपाली महिला टोलीको लगातार दोश्रो जीत
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – भोलि बुधवारका लागि डाकिएको प्रतिनिधि सभाको बैठक फागुन २ गतेका लागि सारिएको छ । सरकारको आग्रहमा भोलिको बैठक फागुन २ गतेका लागि सारिएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न संसद् सचिवालयलाई निर्देशन दिइसक्नुभएको उहाँले बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले भाेलिको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गर्नुभएको थियो । तर त्यस विषयमा सत्तारुढ गठबन्धनभित्रै सहमति भने जुटेको छैन ।
एमसीसीबारे सहमति जुटाउन प्रधानमन्त्रीले समय लिएको बताइएको छ । भोलिको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी टेबुल गर्ने विषय राखिएको थिएन । प्रधानमन्त्री देउवाले आज मङ्गलवार बेलुकी कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूलगायतका नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरेपछि संसद् बैठक सार्न सभामुखलाई आग्रह गरिएको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
आशिक "दिग्दर्शन" कुलुङ्ग
Feb. 8, 2022, 8:48 p.m.mcc परित गर्न नखोजिओस "देउवा" ज्यु या उमेर,जमना, जोश जगर र बिचारले डाडा काटेको vip नेताहरु😠। हरेक सर्बसाधरणलाई पर्दैन रे भनेर सुनाईदिनु है प्यारो उज्यालोको सहकर्मी साथी ❤️