कुवेतले स्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्नेहरूलाई हुने जरिवानाको रकम घटायो

 माघ २७, २०७८ बिहीबार १३:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतले कोरोना रोकथामका लागि लागू गरेका नियमहरूको उलङ्घन गरेमा हुने जरिवाना बापतको रकम घटाएको छ ।

कुवेतको राष्ट्रिय सभाले बुधबार स्वास्थ्य सावधानी सम्बन्धी कानुनको संशोधनलाई अनुमोदन गर्दै सार्वजनिक स्थानमा स्वास्थ्य मापदण्ड सम्बन्धित नियम उल्लङ्घन गर्नेलाई हुने जरिवाना बापतको रकम ५ हजार कुवेती दिनारबाट ५० दिनार अर्थात् झण्डै २० हजार रुपैयाँ बनाएको हो ।

सांसद मोहनाद अल सायरले यो संशोधनले नियम उल्लङ्घनका ८ हजार मुद्दा समाधानमा सहयोग गर्ने अपेक्षा गरिएको बताउनुभएको छ । 

यो सँगै सभाले खोप नलगाएका नागरिकलाई पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाएमा मलहरूमा प्रवेश गर्न  अनुमति दिन भनेको छ । उनीहरूले चाहेको देशमा यात्रा गर्न अनुमति प्रदान गर्न पनि भनेको छ । 

यस्तै कुवेतमा बसोबास गर्नेहरूलाई समय नलिएकाहरूलाई पनि कोरोनाको बुस्टर डोज खोप लगाउन भनेको छ ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया