राप्रपाले स्थानीय तहकाे चुनावमा पार्टीकाे सबै शक्ति परिचालन गर्ने

 माघ २७, २०७८ बिहीबार १९:६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदाे स्थानीय तहको चुनावमा पार्टीको सबै शक्ति परिचालन गर्ने भएको छ । आज बिहीवार बसेको पदाधिकारी बैठकले आउँदो फागुनभित्र स्थानीय तह चुनावका लागि उम्मेदवार छनोट गर्ने निर्णय पार्टीले गरेकाे छ ।  

बैठकमा महामन्त्री तथा स्थानीय तह चुनाव परिचालन समितिका संयोजक भुवन पाठकले निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । जसअनुसार राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार उठाउने र फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने भएको छ । 

यस्तै राप्रपाले राज संस्था, हिन्दू राष्ट्रको पुनर्स्थापना, सङ्घीयताको खारेजी तथा सुदृढ स्थानीय तहलगायतका सैद्धान्तिक अवधारणामा पार्टी अविचलित रहेको जनाएको छ । पार्टीलाई अनुशासित बनाउन र पार्टी हितविरुद्धका कामलाई निरुत्साहित गर्न नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरिएको छ । 

यस्तै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ मा बस्ने भएको छ । पूर्वअध्यक्ष कमल थापाले राप्रपा छोडेपछि पहिलो पटक पदाधिकारी बैठक बसेको हो । बैठकमा पूर्वअध्यक्षद्वय पशुपतिशम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीका साथै सबै पदाधिकारी उपस्थित थिए । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया