अहिलेकै गठबन्धनले तीन वटै तहको चुनाव ‘कम्प्लिट’ गर्छ : मन्त्री पाैडेल

 माघ २९, २०७८ शनिबार १७:१६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको चुनाव सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दाबी गर्नु भएको छ ।

सत्तारुढ माओवादी केन्द्रका नेता समेत रहनुभएका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको चुनाव सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचीलाई अघि बढाएको पनि बताउनु भयो । शनिबार काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको चुनाव सम्पन्न हुनेबित्तिकै सरकारले संघ र प्रदेशको चुनावको मिति घोषणा गर्ने बताउनु भयो ।

‘अहिलेकै गठबन्धनले तीन वटै तहको चुनाव कम्प्लिट गर्छ र, यही गठबन्धनले एक वर्ष भित्रमा सबै चुनावहरु गरेर स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार चुनावको प्रक्रियाबाट नयाँ नबन्दासम्म सकुशल चुनाव गर्ने गरी यो गठबन्धनले आफ्नो कार्यसूची अघि बढाएको छ' मन्त्री पौडेलले भन्नु भयो, 'स्थानीय तहको चुनाव एकैपटक गर्ने घोषणा भइसकेको छ । अब सर्वोच्च अदालतले गरेको फैसलाको आधारमा संघ र प्रदेशको चुनावको मिति पनि स्थानीय तहको चुनाव सम्पन्न हुनेबित्तिकै घोषणा हुन्छ । यो एक वर्ष चुनावको वर्ष हुनेछ । हाम्रो पार्टी सकेसम्म गठबन्धनकै रुपमा चुनावको प्रतिस्पर्धामा जानेछ ।’

मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर चुनावमा जान चाहेको र गठबन्धन दलका शीर्ष नेताहरुबीच पनि यही सहमति भएको बताउनु भयो । यस्तै मन्त्री पौडेलले आफूले सार्वजनिक शिक्षालाई सवलीकरण गरेर अघि बढाउन जोड दिएको पनि बताउनु भयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया