धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
बझाङ – गएको असोजमा परेको अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले केदार स्युँ गाँउपालिका र थलारा गाँउपालिका जोड्ने झोलुङ्गे पुल बगाएपछि यहाँका स्थानीयवासीलाई समस्या परेको छ ।
वर्षौँ पुरानो झोलुङ्गे पुल बाढीले बगाएपछि थलारा गाँउपालिकाको वडा नम्बर १ र २ का सबै गाँउहरु र डोटी जिल्लाका केही स्थानीयवासीलाई समेत समस्या परेको छ । थलाराका रेगम, पिपलकोट, चुथी, बगडा, मोरायल, खरायल, थापागाँउ, तेलिमाडु लगायत गाँउका स्थानीयलाई सेती नदी वारपार गर्न समस्या भएको छ । यस्तै डोटीका सायल गाँउपालिका अन्तरगत पर्ने बनिया, छपाली, कौराडी, सिर्मा आदी गाँउका स्थानीय पनि यही बोटो भएर आफ्ना कृषिजन्य उत्पादन देउरा बजारमा बिक्री गर्दै आएका छन् । तर पक्की पुल नबन्दा यहाँका स्थानीयलाई दुःख खेप्नु परेको थलाराका स्थानीय देवराज जोशीले बताउनुभयो ।
‘केदार स्युँमा काम विशेषले हाम्रो आवतजावत भइरहन्छ, तर झोलुङ्गेपुल बगाएपछि साह्रै समस्या भएको छ’, उहाँले भन्नुभयो, ‘अहिले गाँउलेहरु मिलेर सेती नदीमा सामान्य काठेपुल त निर्माण गरेका छौँ तर यो पुल पनि निकै जाेखिममा छ । कुन दिन महिला, बालबालीकाहरु सेती नदीमा बगेर जाने हो भन्ने चिन्ताले सताइरहन्छ ।’
यही बाटो भएर थलाराका विभिन्न गाँउका झण्डै ९० जना भन्दा बढी बालबालीकाहरु केदार स्यँु गाँउपालिकामा रहेको बेताल माविमा अध्यनरत छन् । अहिले त जाेखिम मोलेर भए पनि काठेपुलबाट ओहोर दोहोर गरी रहेका भए पनि नदीमा पानीको सतह बढेपछि समस्या हुने थलारा गाउँपालिका–१ का स्थानीय लालबहादुर बोहरा बताउनुहुन्छ ।
‘अब सेती नदीमा पानीको सतह बढ्ने बित्तीकै अहिलेको काठे पुल बगाउँछ, त्यसपछि त सबै बालबालीकाहरुको विद्यालय पढ्ने सपना नै अधुरो रहने देखीन्छ’, उहाँले भन्नुभयो, ‘ यस्तै उपचारका लागि पारी देउरा बजार जाने गरेकोमा पुल बगाएपछि त्यो सुविधाबाट पनि वञ्चित हुने देखिन्छ ।’
यस विषयमा थलारा गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष धर्मराज भट्टले भने पालिकाले यसको समस्या समाधानका लागी पहल गरिरहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा रहेको विपद् व्यवस्थापन समितिको बैठेकमार्फत प्रदेश र संघीय सरकारसँग पुल निर्माणका लागी बजेट माग गरिसकेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।