अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेपछि सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुनेछ ।
बुधबार सुरु भएको बैठकमा पार्टी एकीकरणका बाँकी काम पूरा गर्ने नीतिगत मान्यता प्रस्तावित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बुधबारको बैठकमा नेता माधवकुमार नेपालले आफूलाई पेलेर जान खोजिएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।
एकताका क्रममा जिल्ला तहमा नेतृत्व सिफारिस गर्ने बेलामा दुई अध्यक्षले आ–आफ्नो गुटका नेतालाई मात्र महत्व दिएको नेता नेपाल पक्षको आरोप छ । जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तीन महीनाभित्र तल्लो तहको पार्टी एकता गरिसक्ने बताए पनि अझै एकताको काम पूरा भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।