अमेरिकामा फ्लोरेन्सको डर : चार राज्यमा आपतकालको घोषणा

 भदौ २८, २०७५ बिहीबार ११:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

समुद्री आँधी ‘फ्लोरेन्स’बाट बच्न अमेरिकाको पूर्वी तटीय क्षेत्रका बासिन्दा सुरक्षित ठाउँमा जान थालेका छन् । 

अहिले १ सय ९५ किलोमिटर प्रति घण्टाको गतिमा अघि बढीरहेको क्याटगोरी थ्री आँधी फ्लोरेन्स स्थानीय समय अनुसार बिहीबार बेलुकासम्ममा अमेरिकाको पूर्वी तटीय क्षेत्रमा पुग्ने र यो निकै भयानक बन्न सक्ने चेतावनी दिइएको छ । आँधीका कारण साउथ क्यारोलिन, नर्थ क्यारोलिन र भर्जिनिया राज्यका तटीय क्षेत्र बढी प्रभावित हुने बताइएको छ  ।

यस्तै आँधीका कारण जर्जिया, मेरिल्याण्ड तथा वासिङ्गटन डिसीसहितका राज्यमा पनि प्रभाव पर्ने देखिएको छ । बुधबार जर्जिया राज्यले आपतकालको घोषणा गरेको छ । यसअघि भर्जिनिया, मेरिल्याण्ड र वासिङ्गटन डिसीले आपतकालको घोषणा गरेका थिए । यो आँधी अमेरिकामा एक दशकयताको ठूलो हुने बताइएको छ ।

ठूलो आँधी आउने खतरा बढेपछि जोखिमयुक्त क्षेत्रका १७ लाख मानिसलाई सुरक्षित ठाउँमा जान भनिएको बीबीसीले जनाएको छ । मौसम विज्ञानका अनुसार क्यारोलिना प्रवेश गर्दा एटलांटिकको तातो पानीका कारण यसको गति अझै बढ्न सक्ने छ । 

नेशनल हुरिकेन सेन्टर एनएचसीले फ्लोरेन्स नामक सामुद्रिक आँधीलाई ‘अत्याधिक खतरनाक’ बताएको छ । यसले तटीय क्षेत्रमा भारी वर्षा गराउने पनि अनुमान गरिएको छ । 


 

अन्तिम अपडेट: फागुन ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया