यूएई श्रम भिसा खोज्ने कुशल पेशेवरहरू र प्रतिभाहरूको लागि पहि...
पुस २१, २०८१ आइतबार
रुस र युक्रेनबीच तनाव बढ्दै गएपछि भारतले त्यहाँ रहेका आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ ।
युक्रेनमा असुरक्षा बढेको भन्दै भारतले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेको छ । युक्रेनमा बस्नै पर्ने बाध्यता नभएकाहरुलाई त्यहाँबाट फर्किन भारतको आग्रह छ । युक्रेनमा झण्डै २० हजार भारतीय नागरिक रहेका अनुमान छ । यसमध्ये सबैभन्दा धेरै विद्यार्थीहरु रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, रुस र बेलारुसले युक्रेनको सीमा क्षेत्रमा साझा सैन्य अभ्यासको अवधि बढाउने घोषणा गरेका छन् । यसले रुस पछि हट्ने सङ्केत नदेखिएको विश्लेषण गरिएको छ । युक्रेनको विषयलाई लिएर अमेरिकालगायत पश्चिमा देशहरुसँग रुसको टकराव बढ्दै गएको छ।
उनीहरुले रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेको आरोप लगाउँदै आएका छन् भने रुसले यो आरोपको खण्डन गर्दै आएको छ ।
यसैबीच, पश्चिमी देशले युक्रेनमाथि हातहतियारसहित सहायता सामग्री पठाउन थालेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।