नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – एनसेलका ग्राहकले अब डाटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेली जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकमा २० देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ ।
गजब्बको डेली जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमवार (फागुन ०९) गतेदेखि लागू भएको छ । यस आकर्षक योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन वा ३० दिनसम्म दैनिक एक जीबी र सात दिनसम्म दैनिक दुई जीबीको गजब्बको डेली जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् ।
सात दिनका लागि मान्य रहने दैनिक एक जीबी गज्जबको डाटा प्याक ग्राहकले करसहित मात्र एक सय ६९ रुपैयाँमा सुरु गर्न सक्छन् । यो प्याक सुरु गर्ने ग्राहकले २० रुपैयाँमा क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् । त्यसैगरी ग्राहकले करसहित मात्र दुई सय ६९ मा सात दिनको समयसीमा रहेको दैनिक दुई जीबी डाटा प्याक खरिद गर्न सक्छन् । यो प्याक सुरु गर्ने ग्राहकले ३० रुपैयाँको क्यास ब्याकबाट फाइदा लिन सक्छन् ।
यसैगरी धेरै लामो समयसीमा रहेको डाटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसीमा रहेको दैनिक एक जीबी डाटा प्याक करसहित मात्र पाँच सय ९९ रुपैयाँमा सुरु गर्न सक्छन् । यो प्याक सुरु गर्ने ग्राहकले ६० रुपैयाँ बोनस क्यास ब्याक पाउँछन् ।
यस गज्जबको डेली जीबी डाटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डाटा सेवा प्रयोग गर्न सक्छन् । ग्राहकले *१७१२३# डायल गरी प्राप्त निर्देशनअनुसार प्याक सुरु गर्न सक्छन् । यो डाटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।