अमेरिकामा संघीय कर्मचारीलाई निकालेको विरुद्धमा र्याली
फागुन १०, २०८१ शनिबार
काठमाण्डाै – अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध कास्की घर भएकी एक १७ वर्षकी गायिकाले मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।
जाहेरीमा बालिकाले आफूलाई बिहे गर्छु भनेर शाहले फकाएर बलात्कार गरेको आरोप लगाइएको प्रहरीको भनाइ छ ।
‘जाहेरी दर्ता भइसकेकाले अब पल शाहलाई पक्राउको तयारी गरिएको छ, बाहिर धेरै हल्ला गर्दा मुद्दा प्रभावित हुने भएकाले यो विषयलाई धेरै प्रचार नगरिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो’, एक प्रहरी अधिकृतले उज्यालो अनलाइनसँग भने ।
यस्ताे छ सजायकाे व्यवस्था
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने र दोषी ठहर भएमा कसुरदारलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।