अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सत्तापक्ष र प्रतिपक्षबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको छ ।
प्रवक्ता शर्माले प्रधानमन्त्री केपी ओलीलाई कांग्रेसको हारबाट पाठ सिकेर अघि बढन पनि आग्रह गर्नु भयो । उहाँले निर्वाचनमा भएको जित ‘सधैँका लागि हो जस्तो’ भ्रममा नपर्न पनि प्रधानमन्त्री ओलीलाई सचेत गराउनुभयो । बिहीबार काठमाडौंमा आयोजित लेखनाथ न्यौपानेले लेखेको ‘संघर्षको इतिहास’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले नेपाली–नेपालीबीच नै सिक्न र झुक्न सिके अरुसँग सिक्न र झुक्न नपर्नेसत्तारुढ दलका नेताहरुलाई सुझाव पनि दिनुभयो ।
प्रवक्ता शर्माले सत्तामा रहेर गल्ती गर्दा कांग्रेसले निर्वाचनमा हार व्यहोर्नु परेको उल्लेख गर्दै त्यसबाट पाठ सिकेर अघि बढन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेतृत्वसँग आग्रह गर्नुभयो ।
उहाँले पार्टीलाई सरकारमा रहँदा गलत बाटोमा जान नदिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुलाई सचेत रहनु पनि आग्रह गर्नुभयो । प्रतिपक्षको रुपमा सरकारलाई गलत बाटोमा जान नदिन कांग्रेसले खवरदारी गरिरहने पनि प्रवक्ता शर्माले स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।