एमसीसीकाे कुरा सदनमा कहिल्यै मिल्दैन : नेता खनाल

 फागुन १२, २०७८ बिहीबार १८:६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसीको कुरा सदनमा कहिल्यै नमिल्ने दाबी गर्नुभएको छ । 

आज बिहीवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा सांसद खनालले एकथरि महाशक्ति राष्ट्रको पछि लागिरहेको र अर्कोथरि देशको स्वाधीनता र स्वाभिमान बचाउन लागेकाले एमसीसीको कुरा कहिल्यै नमिल्ने दाबी गर्नुभएको हो ।

उहाँले एमसीसीको विरुद्धमा अहिले सडकमा आन्दोलन र प्रदर्शन भइरहेको भन्दै अब सडक तात्ने मात्र नभइ बल्ने गरी आन्दोलन हुने चेतावनी दिनुभयो । सांसद खनालले भन्नुभयो, ‘एमसीसीले सिङ्गो देश विभाजित भइरहेको छ । पार्टीहरू विभाजित भइरहेका छन् । संसद् पनि विभाजित भइरहेको छ । यसलाई अझै विभाजित कसरी गर्ने भन्नेमै लागेको हो कि भन्ने लागिरहेको छ । नेताहरूले दुरदर्शी भएर सिङ्गो देशलाई आफ्नो ध्यानमा राखेर सम्पूर्ण जनतालाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने प्रतिबद्धता उनीहरूले बिर्सिए भन्ने मलाई लाग्छ । हाम्रो पार्टी एकताबद्ध भएर जान्छ । पार्टीभित्र चिन्तनहरूमा तल–माथि हुनसक्छ । यो निर्णयमा हामी एकताबद्ध हुन्छौँ । गठबन्धन भत्कन्छन्, बन्छन् यी अस्थायी घटनाक्रम हुन् । देश, जनता, राष्ट्रको हितलाई कहिल्यै छोडिँदैन त्यसमा दृढतापूर्वक हामी अघि बढ्छौँ । एमसीसीले कुरा कहिल्यै मिल्दैन । सडक आवश्यक्ताअनुसार तात्छ, तात्छ मात्रै होइन, त्यो बल्छ ।’ 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया