उद्योगीहरुलाई आफूसँग नडराउन मन्त्री यादवको आग्रह

 भदौ २८, २०७५ बिहीबार १८:४०:५१ | उज्यालो सहकर्मी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उत्पादनमा जोड दिन उद्योगी, व्यवसायीहरुलाई आह्वान गर्नु भएको छ । 

मन्त्री यादवले उत्पादनका लागि आवश्यक ऐन, कानुन निर्माणमा लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘अर्थ संवाद’ कार्यक्रममा बोल्दै उहाँले उद्योगको विकासका लागि सरकारले सक्दो पहल गरिहेको दावी पनि गर्नुभयो ।

उहाँले आफूसँग नडराउन पनि उद्योगीहरुलाई आग्रह गर्नु भयो । उद्योगीहरुको व्यवहारिक कठिनाईलाई आफूले देखेको, भोगेको उल्लेख गर्दै मन्त्री यादवले त्यस्ता समस्या समाधानका लागि छलफल गर्नुपर्ने प्रस्ताव पनि अघि सार्नुभयो ।

मन्त्री यादवले बजार अनुगमनको कामलाई व्यवस्थित बनाउन एउटै संयन्त्र बनाउने पनि बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगी, व्यवसायी प्रोत्साहित हुने कानुनी व्यवस्था गर्न मन्त्री यादवसँग आग्रह गर्नुभयो । उहाँले मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्न महासंघले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

महासंघले दोहोरो करको मारमा नपार्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया