थोत्रा गाडीले सरकारी कार्यालयको परिसर ढाकियो (फोटोफिचर)

 फागुन १४, २०७८ शनिबार १२:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विभिन्न कामका लागि ल्याइएका महँगा गाडी बिग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन् ।

मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडी मर्मत नगरि नयाँ गाडी खरिद गरी यसरी थन्क्याइन्छ । सरकारी कार्यालयका परिसरमा वर्षौँदेखि गाडी थन्किँदा कार्यालय थोत्रा गाडीका ग्यारेजजस्तै बनेका छन् ।

केही वर्षअघिसम्म सिंहदरबार परिसरमा बग्रेल्ती देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरबार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझै देखिन्छन् । पार्किङ र खुला ठाउँमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन्।

कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ । ती वर्षौँदेखि थन्किएका गाडी मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

पुल्चोकमा रहेका सरकारी विभाग, कार्यालयहरु, बानेश्वरमा रहेकाे यातायात विभाग परिसर, सडक विभाग र सिंहदरबार परिसरमा थन्किएका गाडीको तस्बिर यस्ता छन्  । 

 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Janata

    Feb. 28, 2022, 10:53 a.m.

    थोत्रो सोच, थोत्रो नेतृत्व, अल्छी शैली, घुसको चिन्तन भएका जमातहरुको कार्यकक्ष होस वा कार्यालय परिसर यस्तै हुन्छ । राज्यको ढुकुटीको के चिन्ता, आफ्नो भूँडीको मात्रै चिन्ता गर्नेहरुलाई ।

  •  0 Reply

तपाईको प्रतिक्रिया