च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जु’ रिलिज भएसँगै यस फिल्मले बलिउडमा अरु फिल्मका रेकर्ड तोड्दै ५०० करोडभन्दा बढीको व्यापार गरेको थियो ।
यस फिल्ममा अभिनेता सञ्जय दत्तको भूमिका निर्वाह गरेका रणवीर कपूरको अभिनय त झन् सर्वाधिक चर्चाको विषय बनेको थियो । फिल्ममा सञ्जय दत्तको भूमिकामा रहेका रणवीर कपूरलाई हेर्दा उनी रणवीर कपूर हुन् वा सञ्जय दत्त भन्ने छुट्याउनै गाह्रो थियो । तर यति हुँदाहुँदै पनि यस फिल्मका निर्देशक राजकुमार हिरानी भने आलोचनाबाट बच्न सकेनन् ।
जति प्रशंशा यस फिल्मका अभिनेता रणवीर कपूरको भएको थियो त्यति नै चर्को विरोध हिरानीको भयो । राजकुमार हिरानीले फिल्म ‘सञ्जु’ सञ्जय दत्तको विवादित छविलाई राम्रो बनाउनकै लागि बनाएको भन्ने खालका आरोपहरु लगाइए ।
साथै उनले सञ्जयको वास्तविक जीवनका घटनाहरु ढाकछोप गरेर केवल राम्रो कुरालाई बढाइचढाइ गरेर फिल्ममा देखाएको भन्ने खालका आरोप पनि लगाइयो ।
अहिले आएर राजकुमार हिरानी स्वयमले फिल्म ‘सञ्जु’ को छायाँकनको केही समय अगाडि यस फिल्मको स्क्रिप्ट परिवर्तन गरेको स्वीकार गरेका छन् । यस फिल्मबाट दर्शकहरुको तर्फबाट सञ्जय दत्तलाई सहानुभूति मिलोस भन्ने सोचेर हिरानीले फिल्मको स्क्रिप्ट परिवर्तन गरिएको बताए ।
हिरानीले भन,े ‘मेरो फिल्मका माध्यमबाट अभिनेताप्रति सहानुभूति देखाउन जरुरी थियो । सुरुवातमा फिल्मको वास्तविक कथा देखाउन चाहन्थें, तर फिल्म राम्रो बनाउनका लागि पछि धेरै परिवर्तन गर्नु पर्यो ।’
हिरानीले फिल्म ‘सञ्जु’ मा सञ्जय दत्तको दुव्र्यसनको लतमा फसेको, उनको प्रेम जीवन, सन् १९९३ मा भएको बम बिस्फोट र हतियार राखेको, उनको बुवाआमा र साथीभाईबीचको सम्बन्धलाई देखाएका थिए ।
हिरानीले भने ‘म सञ्जय दत्तको मिल्ने साथी होइन । मैले उनको जीवनीमा फिल्म बनाउनुको कारण उनको कथा हो ।’ उनले अगाडि भने ‘मैले सञ्जय दत्तलाई लिएर फिल्म ‘मुन्ना भाई एमबिबिएस’ र ‘लगे रहो मुन्नाभाई’ बनाएको छु । तर उनीसँग बसेर कहिले पनि पार्टी गरेको छैन । मैले उनी र उनका साथीभाइहरुसँग कहिले पनि जमघट गरेको छैन । सञ्जय दत्तसँग सञ्जय गुप्ता, महेश मान्जेकर लगायत अन्य व्यक्तिहरु नजिक छन् । ’
हिरानीले भने, ‘फिल्म मुन्नाभाईको छायाँकनका क्रममा सञ्जय दत्तलाई भेट्न उनका साथी सञ्जय गुप्ता र महेश सेटमै आउँथे । साथै उनीहरुबीच पार्टी, रक्सी लगायतका कुरामा कुराकानी तथा हाँसो मजाक हुने गथ्र्यो । तर मेरा अगाडि सञ्जय यस विषयमा कुरा गर्न हिचकिचाउँथे । त्यसैले सञ्जय र म मिल्ने साथी होइनौं । तर मैले उनको जीवनीमा फिल्म बनाएँ र फिल्मभित्र आफ्नो सोच पनि राखेको छु ।’
साथै उनले भने, ‘सञ्जयका धेरै बानी व्यवहारहरु गलत थिए । जस्तै आफ्नै साथीकी प्रेमिकासँग सम्बन्ध राख्नु, हतियार राख्नु, लागुऔषध सेवन गर्नु उनका खराब बानी थिए तर उनी गुण्डा होइनन् । उनी मनबाट एक असल ब्यक्ति हुन् । ’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।