अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले संघीय समाजवादी फोरम नेपालको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको हल्ला बिहानैदेखि चल्यो । धेरैजसो सञ्चारमाध्यमले पार्टीको अनावश्यक दबाब खेप्न नसकेर राजीनामा दिएको भन्ने समाचार प्रकाशन गरे ।
तर सरावगीले अहिलेसम्म राजीनामा नदिएको प्रतिनिधिसभा सदस्य समेत रहेएका संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादवले बताउनुभयो ।
‘पार्टीसँग उहाँको असन्तुष्टि होला तर राजीनामाको बारेमा भने हामीलाई अहिलेसम्म कुनै जानकारी आएको छैन’, यादवले भन्नुभयो । ‘मेयरमा निर्वाचित भएको एक वर्ष पुग्नै लागेको र पार्टीले एक वर्षमा के–के गर्नुभयो भनेर सोध्न खोज्दा यस्तो हल्ला बाहिर आएको हो’ यादवले भन्नुभयो, ‘मेयरले जे पायो त्यही गल्ती त गर्नु भएन नि ।’
एक वर्ष पुग्दा पनि वीरगंजका नागरिकले सहज अनुभूति गर्न नपाएको, महानगरमा जथाभावी कर्मचारी नियुक्त गरिएको, एडीबीसँगको सहकार्यमा भएको सबै प्रोजेक्टहरुको काम सकिएको भनिए पनि डुबानको अवस्था अझै उस्तै रहेको लगायत विभिन्न ५ वटा विषयमा पार्टीले जवाफ मागेपछि मेयर सरावगीले राजीनामाको हल्ला फैलाएको उहाँले बताउनुभयो ।
पार्टीको नगर कमिटीले मेयर सरावगीसँग विभिन्न ५ वटा विषयमा जवाफ माग गर्ने निर्णय गरेको थियो । पार्टीको नगर इकाई कमिटीका अध्यक्ष इश्वर यादवले बुधबार जवाफ माग गर्दै पत्र दिन जाँदा आफूले राजीनामा दिएको भन्दै सरावगीले पत्र बुझ्न अस्वीकार गर्नुभएको थियो ।
नागरिकले अनुभूति गर्ने गरी काम गर्नुपर्यो भन्दा पार्टीले दबाब दिएको भन्दै राजीनामाको हल्ला चलाएर पार्टी नेतृत्वसँग बार्गेनिङ गर्न खोजेको जिल्ला अध्यक्ष यादवले आरोप लगाउनुभयो ।
यसअघि मेयर सरावगीले महानगरको विशेष नगरसभामा काम गर्न नदिए राजीनामा दिने अभिव्यक्ति दिनुभएको थियो ।
महानगरमा इञ्जिनियर तथा कर्मचारी करारमा नियुक्ति गर्दा पार्टी हित विपरीत एकलौटी गरेको भन्दै पार्टी भित्रै उहाँको विरोध भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।