च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं – केही समय अघि मात्र चलचित्र ‘ए मेरो हजुर ३’ को शुभमुहूर्त गरिएको थियो ।
पोखराको विन्दावासिनी मन्दिरमा अभिनेता अनमोल केसी अभिनेत्री तथा निर्देशक झरना थापा, उनकी छोरी सुहाना थापालगायतले चलचित्रको शुभमुहूर्त गरेका थिए । यसैबीच चलचित्र ‘ए मेरो हजुर ३’मा अभिनेता सलोन बस्नेत पनि अनुबन्ध भएका छन् । सुपरस्टार अनमोलको साथमा उनी तेस्रो पटक देखिन लागेका हुन् । चलचित्र क्षेत्रमा सलोनको अचम्मखाले क्रेज छ । जब उनी लिड रोलमा नायकका रुपमा प्रस्तुत हुन्छन् त्यस चलचित्रलाई दर्शकले त्यति रुचाएका छैनन् ।
तर उनलाई सह–नायकको भूमिका भने अत्यन्तै फाप्ने गरको छ । उनले सह–नायकका रुपमाकाम गरेका चलचित्रहरुले भने सफलता नै हात पारेका छन् । अझ आश्चर्यजनक कुरा त के छ भने उनको अभिनयलाई नै दर्शकले अत्यन्तै रुचाउने गरेका छन् । विशेष त कमेडी जनराका चलचित्रहरुमा उनलाई रुचाइएको छ ।
उनको अभिनयका कारण लिड हिरो नै छायाँमा पर्ने गरेका छन् । ‘ए मेरो हजुर’ को दोस्रो सिरीजले यसको उदाहरण प्रस्तुत गरिसकेको छ । ‘ए मेरो हजुर २’ मा सलोनको कामलाई चौतर्फी प्रशंसा मिलेको थियो । ‘ए मेरो हजुर ३’पनि सलोनलाई अनुबन्ध गर्नुको मुख्यकारण दोस्रो सिरिजमा गरेका कामको प्रशंसा नै रहेको निर्माता सुनिलकुमार थापाको भनाई छ ।
असोज पहिलो साताबाट औपचारिक रुपमा चलचित्रको छायांकन सुरु हुने बताइएको छ । यही चलचित्रबाट अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले डेब्यू गरेकी छन् । उनी चलचित्रमा नायक अनमोल केसीकी प्रेमिकाका रुपमा प्रस्तुत हुनेछिन् । सुनिलकुमार थापाको निर्माणमा बन्न लागेको चलचित्रको छायांकन केही हप्तामा सुरु हुने निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको रिलिज डेट चैत्र २९ गते तोकिएको छ । रोमान्टिक लभस्टोरी जानरामा निर्माण हुने उक्त चलचित्र सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । ‘ए मेरो हजुर’ अब आफैंमा एक ब्रान्ड बनि सकेको छ ।
‘ए मेरो हजुर ३’ मा अनमोल एक सुपरस्टार गायकको भूमिकामा देखिन लागेको बुझिएको छ । त्यस सगै सुहाना भने उनलाई मनै बाट चाहने एक फ्यानको रुपमा प्रस्तुत हुनेछिन् । एक सुपरस्टार गायक र फ्यानबीचको प्रेम र त्यसबीचमा हुने उतारचढाव नै चलचित्रको मुख्यकथा बस्तु रहेको बुझिएको छ ।
–उज्यालो र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
BISHAL ARYAL
Sept. 15, 2018, 3:09 p.m.यो त कुन नयाँ स्टोरी हो र ? आशिक २ को कहानी जस्तै लाग्यो त सुन्दा /