अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडाैं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
मन्त्री अधिकारीले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्दा प्रभावित क्षेत्रमा नकारात्मक असर पर्न नदिन सरकार सचेत रहेको पनि स्पष्ट पार्नु भयो ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले विमानस्थल निर्माणमा लागि कटान गरिएका रुख वन मन्त्रालयमार्फत् व्यवस्थापन गर्न लागिएको पनि जानकारी दिनुभयो ।
निजगढ अन्तराष्ट्रिय विमानस्थलले नेपालको अर्थतन्त्रमा कायापलट गर्ने भएकाले सो आयोजना पूरा गर्न सबैले साथ दिनुपर्ने मन्त्री अधिकारीको तर्क छ ।
मन्त्री अधिकारीले एक वर्षभित्र भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने पनि दोहोर्याउनु भयो ।
उहाँले ३ वर्षभित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने उल्लेख गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नतिको कामलाई पनि सरकारले तीव्रता दिएको पनि स्मरण गराउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।