हामी अलमलमा छैनौं, समस्यै–समस्यामा गुज्रिएकाले गति लिन सकेनौं : मुख्यमन्त्री पौडेल

 भदौ ३१, २०७५ आइतबार १५:४८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरु अलमलमा नरहेको दावी गर्नु भएको छ ।

मुख्यमन्त्री पौडेलले समस्यै समस्याबाट गुज्रिनु परेकाले सरकारले अपेक्षा अनुसार गतिलिन नसकेको पनि स्पष्ट पार्नुभयो । आइतबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कर्मचारीको अभाव, संरचनाको अभावका कारण आफू नेतृत्वको सरकारको कामले गति लिन नसकेको पनि स्मरण गराउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले कामलाई गति दिने गरी बाटो बनाउने काम गरिरहेको दाबी गर्नुभयो । उहाँले केही समयपछि उद्योगी, व्यवसायीहरुले अपेक्षा गरेभन्दा बढी काम गरेर देखाउने आश्वासन पनि दिनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ को समृद्धिका लागि उद्योग स्थापना मुल आधार रहेको बताउनुभयो । उहाँले प्रदेश ३ को समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर जाने प्रतिवद्धता पनि दोहोर्‍याउनुभयो । मुख्यमन्त्री पौडेलले निजी क्षेत्रको लगानी समृद्धिको आधार भएकाले सोही अनुसारको नीति तथा कार्यक्रम प्रदेश सरकारले बनाएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले उद्योग स्थापनाका लागि सहज वातावरण बनाउन आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया