नेप्सेसँगै कारोबार रकम पनि घट्यो
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – पालिका चुनाव नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेका छन् । रोजगारी तथा विभिन्न कामका लागि भारत गएकाहरु स्वदेश फर्कन थालेका हुन् ।
उनीहरु फर्किन थालेसँगै सीमानाकामा चहलपहल बढेको छ । नेपाल–भारतको सीमा क्षेत्रमा ३० भन्दा धेरै नाका छन् । पशुपतिनगर, काकरभिट्टा, भन्टाबारी, भिट्टामोड, विराटनगर, कृष्णनगर, जमुनाह, बनबासा बेलहियालगायत मुख्य नाकामा पर्छन् । बाँकेको जमुनाहा नाका हुँदै दैनिक सयौंको संख्यामा नेपाल भित्रिरहेका प्रहरीले जनाएको छ ।
अहिले भारत जानेभन्दा फर्किने नेपालीको संख्या धेरै छ । अहिले दैनिक हजार भन्दा धेरैको संख्यामा नेपाली जमुनाह नाकाबाट भित्रिरहेका छन् । दैनिक सरदर दुई सय नेपाली मात्र अहिले कामका लागि भारत जाने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज मीनबहादुर विष्टले बताउनुभयो । आफ्नो मताधिकारको प्रयोग गर्न र गाउँठाउँको विकास गर्न सक्नेलाई भोट दिन आफू स्वदेश फर्किएको सल्यान थारमारेका रमेश थापाले बताउनुभयो ।
चुनावी चहलपहल सुरु भएसँगै एकीकृत सुरक्षा योजना अनुसार नै भारतसँग सीमा जोडिएका नाकामा पनि सुरक्षा सतर्कता बढाउन थालिएको गृह मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।