नेप्सेसँगै कारोबार रकम पनि घट्यो
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - आज चैतशुक्ल पूर्णिमा, उपत्यकाका विभिन्न ठाउँमा जात्रा हुँदैछ भने बालाजुको बाइसधारामा मेला भइरहेको छ ।
बाइसधारामा नुहाउनको लागि बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । आजका दिन बाइसधारामा नुहाएर नागार्जुन पहाड चढ्न जाने चलन छ ।
त्यस्तै, काठमाण्डौको हाँडी गाउँमा आज गहना खोज्ने जात्रा हुँदैछ । दिउँसो हाँडीगाउँमा रहेको पोखरीमा गहना फालेर खोज्ने गरिन्छ ।
किंवदन्ती अनुसार नुहाउने क्रममा टुँडालदेवीको गहना पोखरीमा खसेको र त्यही गहना खोज्ने प्रतीक अनुसार हरेक वर्ष आजका दिन गहना खोज्ने जात्रा हुने गर्दछ । गहना खोज्ने क्रममा टुँडालदेवीको खटलाई सिन्दुर जात्रा गरेर पोखरीमा डुबाइन्छ ।
त्यस्तै, आज नयाँबजारमा म्हय्पि अजिमाको पनि जात्रा हुँदैछ । साँखुमा बज्रयोगिनी देवीको जात्रा हुँदैछ । आज बज्रयोगिनी देवीलाई मन्दिरबाट निकालेर सिहिणी, ब्राधिनीसहित जात्रा गरिनेछ। यता, ललितपुरको सुनाकोठीमा भएको बालकुमारी जात्राको क्रममा आज बेलुकी लिङ्गो ढालिँदैछ ।
महादेवको प्रतीकको रुपमा ठड्याएको लिङ्गोलाई आज ढालिने चलन छ । त्यस्तै आज बेलुकी बालकुमारी देवीलाई मन्दिरमा प्रतिस्थापन गरिँदैछ । हिजो बालकुमारी देवीलाई खटमा राखेर सुनाकोठीको विभिन्न ठाउँमा सिन्दुर जात्रा गरिएको हो ।
त्यस्तै, ललितपुरको चापागाउँमा पनि बज्रबाराहीको जात्रा हुँदैछ । हिजोदेखि सुरु भएको जात्राको क्रममा आज बज्रबाराहीलाई खटमा राखेर चापागाउँको विभिन्न ठाउँमा परिक्रमा गरिनेछ ।
त्यस्तै, लेलेमा जयलकुमारी र बालकुमारीको पनि जात्रा हुँदैछ । किंवदन्ती अनुसार जयलकुमारी र बालकुमारीलाई टीका भैरवको श्रीमती मानिन्छ । त्यस्तै आज दोलखामा रातो मच्छिन्द्रनाथको महास्नान हुँदैछ भने ललितपुरमा रातो मच्छिन्द्रनाथको महास्नान भोलि हुँदैछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।