एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – साउदीमा पछिल्लो समय नेपालीहरुले दुःख पाएको गुनासो बढ्दै गएको भन्दै त्यहाँ रहेको नेपाली दूतावासले धेरै कुरा बुझेर मात्रै साउदी आउन आग्रह गरेको छ ।
साउदी आएपछि काम मन नपरेका कारण, घरायसी पारिवारिक समस्या वा काम गर्न कठिन भएको लगायत कुनै पनि कारण देखाएर आफूले चाहेको बेला स्वदेश फर्किन सहज नभएको दूतावासले जनाएको छ । दूतावासका अनुसार एकजना कामदारलाई साउदी ल्याउन रोजगारदाताले धेरै पैसा खर्च गर्ने भएकाले कामदार सम्झौता नसकि कामदारलाई निस्किन दिँदैनन् । यस्तै पारिश्रमिकका विषयमा प्रष्ट हुन र तोकेको पारिश्रमिक भन्दा कम हुने गरी कुनै पनि सम्झौता नगर्न पनि दूतावासले आग्रह गरेको छ । साउदीले तोकेको अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधावापत तीन सय रियाल तोकेको छ ।
यस्तै, ओभरटाइम वा अन्य सुविधा बढी हुन्छ भन्ने गलत आश्वासन र भनाइमा विश्वास नगर्न र सम्झौता पत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासनको भ्रममा नपर्न पनि दूतावासले आग्रह गरेको छ ।
यस्तै साउदी अरबमा अदक्ष कामदारको रुपमा आउँदा बढी शारीरिक र मानसिक परिश्रम गर्नुपर्ने हुन्छ । स्वास्थ्य अवस्था कमजोर भएका वा कुनै बिरामी भएका तथा औषधि सेवन गरिरहेको भए नआउन पनि दूतावासको सुझाव छ ।
दूतावासका अनुसार साउदीमा सप्लाई कम्पनी भनेको भए आउने थिइन भन्ने श्रमिक बढी छन् । त्यसैले कस्तो कम्पनीमा आफू जाँदैछु भन्नेमा प्रष्ट भएर मात्र आउन पनि दूतावासको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Yadav
April 19, 2022, 10:39 a.m.म नेपाल जान चाहनछु म साउदि अायकाे सात महिना भयाे ।अहिले सम अकामा दियकाे छैन ।तेसकाे लागि प्रोकेस के छ ।
वीरेन्द्र
April 16, 2022, 6:47 p.m.के गर्नु ? देशका पार्टीका नेता र कार्यकर्ता नै मानव तस्कर छन । आफ्नो विस्वास गरेको नेताको लैलैमा लागेर आइहाल्छन, आएपछी बिजोग हुन्छ ।