भाउ बढेसँगै सुनको कारोबार घट्याे

 वैशाख ४, २०७९ आइतबार ८:२०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको कारोबार घटेको छ । भाउ बढेसँगै सिजनको बेलामा पनि सुनको कारोबार घटेको हो ।

कोरोना भाइरसको महामारी अघि वैशाख महिनामा सुनको कारोबार दैनिक ५० किलोसम्म हुने गरेको थियो । तर, कोरोनाका कारण पोहोर र परार सालको वैशाखमा सुनको कारोबार ठप्प जस्तै भएको थियो । कोरोनाको जोखिम कम भएसँगै विवाह व्रतबन्ध सुरु भएपछि सुनको कारोबार हुन थालेको थियो ।

अहिले विवाहको लगन भए पनि भाउ बढेका कारण २५ देखि ३० प्रतिशतले कारोबार घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । विवाह, व्रतबन्धकाे लगन भएका बेला दैनिक ५० किलोसम्म सुनको कारोबार हुने गरेकोमा अहिले २५ देखि ३० प्रतिशतले घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

यस्तै, आयात रोकिँदा अहिले बैंकमा सुनको मौज्दात सकिएको छ । गएको चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात रोकिएको हो । यसले गर्दा बैंकहरुमा मौज्दात सकिएको शाक्यले बताउनुभयो ।

चैत २१ गते अघिसम्म बैंकहरुले दैनिक १० किलो सुन आयात गर्थे । अहिले आयात रोकिँदा नयाँ गरगहना बनाउन समस्या पर्ने भएको छ । तत्काललाई माग अनुसारको गरगहना बनाउन समस्या नदेखिए पनि आयात रोकिँदा आउने दिनमा असर पर्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घका शाक्यले बताउनुभयो ।

यसैबीच, सुनको भाउ फेरि बढ्ने अनुमान गरिएको छ । सुनको भाउ अहिले तोलामा एक लाख दुई हजार रुपैयाँ छ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया