पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएपछि वीपी राजमार्गको सिन्धुली खण्ड बन्द

 वैशाख ४, २०७९ आइतबार ८:११:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै - पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएपछि आफन्तले वीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरेका छन् ।

कमलामाई नगरपालिका–५ मिलनचोक बस्दै आएका फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय शृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो ।

मृतकका आफन्तले आज बिहानैदेखि राजमार्गको कमलामाई नगरपालिका–४ ढुङ्गेबासमा सडक बन्द गरेका हुन् ।

बन्द सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिका–४ र ६ जोड्ने ग्वाङखोलामा पक्की पुल निर्माणको लागि खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा शृयासको ज्यान गएको र दोषीलाई कारबाही गर्नुपर्ने तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ । पीडित पक्षले बालकको शव बुझेका छैनन् ।

शृयास जनता आवासीय माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए। 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया