जसपाकाे घाेषणापत्र : हरेक महानगरपालिकामा कम्तीमा २ वटा अन्तर्राष्ट्रिय रङ्गशाला बनाइने

 वैशाख ७, २०७९ बुधबार १६:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) नेपालले यही वैशाख ३० गते हुने पालिका चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले आज बुधवार चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको हो । 

घोषणापत्रमा हरेक गाउँपालिकामा कम्तीमा एक खेल विधाको ग्रामीणस्तरको एक खेल मैदान र रङ्गशाला बनाइने उल्लेख छ । यस्तै हरेक महानगरपालिकामा कम्तीमा दुई वटा अन्तर्राष्ट्रियस्तरकाे रङ्गशाला बनाइने उल्लेख छ । 

सन् २०३० सम्म लागू हुने गरी व्यावसायिक कृषिमा काम गर्ने व्यक्तिहरूको न्यूनतम तलब निर्धारण गर्ने, कामदारहरूको तलब तथा उद्यमीहरूको खुद नाफाको १० प्रतिशत रकममा सरकारले १० प्रतिशत थप गरी एकमुष्ट उपदान दिने व्यवस्था गरिने उल्लेख छ ।

यस्तै हरेक गाउँपालिकाका केन्द्रमा कम्तीमा विशेषज्ञ सेवासहितको एउटा स्वास्थ्य संस्था खोलिने उल्लेख छ । यस्तै गाउँपालिका र नगरपालिकाका प्रत्येक वडामा एक जना डाक्टरसहितको स्वास्थ्य चौकी सञ्चालन गरिने उल्लेख छ । 

घाेषणापत्रकाे पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहाेस् ।

 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया