सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिस्ट पार्टीबीचको लडाइँमा आफ्नाे पार्टी सहभागी बन्न नहुने बताउनु भएको छ ।
आज बुधवार नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसको कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसले पालिका चुनावमा गठबन्धन गरेर जान नहुने दोहोर्याउनुभयाे । उहाँले पालिका चुनावमा राम्रो परिणाम आएको खण्डमा फेरि कम्युनिस्ट पार्टीहरू एकजुट भएर आफ्नो सरकार बनाउने भन्दै कांग्रेसले गठबन्धन नगरि चुनावमा भाग लिँदा देश दुर्घटनाबाट जोगिने जिकिर गर्नुभयो ।
नेता रिजालले पालिका चुनावमा माओवादीले धेरै सिट ल्याएको खण्डमा नेकपा एमाले र नेकपा एमालेले धेरै सिट ल्याएको खण्डमा नेकपा माओवादी केन्द्र एक अर्कालाई प्रधानमन्त्रीको प्रस्ताव लिएर जानसक्ने आशङ्का व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पालिका चुनावमा राम्रो परिणाम आएको खण्डमा केपी शर्मा ओली दौडेर पुष्पकमल दाहालकोमा पुग्नेछन् । प्रधानमन्त्री बन्नुपर्याे प्रचण्डजी, यो गठबन्धन छोड्नुहोस् भन्नेछन् । त्यति बेला प्रचण्डले गठबन्धनमा बसिरहन मान्छन् ? केपी शर्मा ओलीको प्रस्तावमा प्रधानमन्त्री बन्न पुग्छन् । यदि कांग्रेस, माओवादी, समाजवादी कसैको पनि राम्रो मतपरिणाम आएन भने प्रचण्ड केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव लिएर नजालान् ? त्यसलाई हामीले हेर्ने कि नहेर्ने ?’
नेता रिजालले नेपाली कांग्रेसले नेपालको राजनीतिमा एकातिर कम्युनिस्ट आन्दोलनको लडाइँ र अर्कोतिर कम्युनिस्ट बोकेर कहिलेसम्म हिँड्ने भन्दै प्रश्न पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।