जिउ मास्ने बेच्ने मुद्दाका फरार व्यक्ति ३३ वर्षपछि पक्राउ

 वैशाख ८, २०७९ बिहीबार १०:८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जिउ मास्ने बेच्ने मुद्दाका फरार व्यक्ति ३२ वर्षपछि पक्राउ परेका छन् । २०४६ साल भदौ १८ गते दुई जना महिलालाई भारतको मुम्बई कोठीमा लिई बेचेको भन्दै जिल्ला अदालत पर्साले कैदको सजाय सुनाएका र त्यसपछि फरार रहेका पर्सा ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले हिजाे पक्राउ गरेको हो ।

वि.स. २०६१ चैत १४ गते जिल्ला अदालत पर्साले गरेको फैसलाले उनलाई १० वर्ष कैद र २५ हजार रुपैयाँ जरिबाना तोकेको थियो । तर त्यसपछि फरार रहेर उदयपुरको कटारीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय वीरगञ्जका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया