कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको राष्ट्र बैङ्कक...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राज्य सञ्चालन गर्न नागरिकले अनुमोदन नगरेको शक्ति सरकारको नेतृत्वमा रहेकाले देशकाे अर्थतन्त्रमा सङ्कट आएको बताउनुभयो ।
आज बिहीवार एमाले निकट बुद्धिजीवी परिषद्ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानको उपाय खोजीका अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो । उहाँले यो गाँठो तत्कालै फुकाउनुपर्ने आवश्यकता भएको भन्दै आउँदाे चुनावबाट गाँठो फुक्ने र देशले नयाँ कोष लिने दाबी गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘आजको अर्थतन्त्रको सङ्कटसँग देशको राजनीतिक सङ्कट जोडिएको छ । जनादेश एकातिर छ, सरकार सञ्चालन अर्कोतिरबाट भइरहेको छ । राज्य सञ्चालन गर्ने शक्ति सरकार सञ्चालनभन्दा बाहिर र राज्य सञ्चालन गर्न जनताले अनुमोदन नगरेको शक्ति राज्यको नेतृत्वमा छ । आउँदाे चुनावपछि यो गाँठो फुकाउनुपर्छ । अहिलेको अर्थतन्त्रकाे अवस्थामा अर्थविद्हरूले निरन्तर सरकारलाई खबदारी गर्नुपर्छ ।
उपमहासचिव ज्ञवालीले अघिल्लो ओली सरकारले ल्याएका लोकप्रिय र अर्थतन्त्र चलायमान बनाउने कार्यक्रमहरू बजेट प्रतिस्थापनको नाममा कटौती गर्दा अर्थतन्त्रमा समस्या आएको दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।