साउदीमा हराएका सन्तोष साहलाई भेटाएमा खबर गर्न दूतावासको आग्रह

 वैशाख ९, २०७९ शुक्रबार ११:२१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

सन्ताेष साह

काठमाण्डाै – साउदीमा हराएका एक जना नेपालीलाई भेटाएमा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । अप्रिल १९ तारिखकाे रातिदेखि रियादको बथा भन्ने ठाउँबाट साह हराइरहेको हुँदा भेटाउनेलाई दूतावासमा खबर गरिदिन आग्रह गरेको हो ।

साह डिप्रेसनको सिकार भएको र कसैसँग पनि नबोल्ने गरेको दूतावासले जनाएको छ । उहाँलाई उद्धार गरेर दूतावासको शेल्टरमा राखि घर पठाउने तयारी भइरहेको बेला उहाँ हराउनुभएको हो । राति शेल्टरमा सबै सुतिरहेको समयमा उहाँ भागेको हुनसक्ने दूतावासको भनाइ छ ।

दूतावासका अनुसार उहाँको एक्जिट भिसा पनि आइसकेको छ । उहाँलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा दूतावासको फोन नम्बर ०५०००७६७९४ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । उहाँको नेपालमा घर कुन ठाउँमा हो भन्ने कुरा भने दूतावासले खुलाएको छैन ।
 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया