सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो
पुस २९, २०८१ सोमबार
काठमाण्डाै - नेकपा एमालेले पञ्चायतकालमा भूमिगत अवस्थामा कम्युनिस्ट आन्दोलनलाई योगदान दिने १७ ज्येष्ठ कम्युनिस्ट याेद्धालाई 'कम्युनिस्ट योद्धा सम्मान' बाट सम्मान गरेको छ ।
एमालेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ७३औँ स्थापना दिवसका अवसरमा उनीहरुलाई सम्मान गरेकाे हाे ।
एमालेले झापा आन्दोलनका अगुवा अमर कार्की, भीमबहादुर खतिवडा, धनुषाकी कुमारी महरा, ललितपुरका चतुर ब्यञ्जनकार, काठमाण्डौका विष्णु डङ्गोल, बाग्लुङका वसन्त गौचन, काठमाण्डौका नानीमैयाँ नकर्मी, गायक रामकृष्ण दुवाल, हरि शर्मा, कास्कीका टेकनाथ बराल, कञ्चनपुरका लक्ष्मी जोशीलगायतलाई सम्मान गरेकाे छ । उनीहरुलाई एमालेका अन्य शीर्ष नेताको उपस्थितिमा अध्यक्ष केपी शर्मा ओलीले सम्मान गर्नुभएको हो ।
एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कठोर यातना र जेलनेलपूर्ण जीवन पार गरेर लोकतन्त्रका लागि गरेकाे उनीहरुकाे योगदानको स्मरण गर्दै सम्मान गरिएको जानकारी दिनुभयो ।
एमालेले आजै देशका प्रायजसाे पालिकामा आफ्ना तर्फबाट चुनावका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । यसैबीच, एमालेको थापाथलीमा रहेकाे केन्द्रीय कार्यालय आजदेखि ललितपुरको च्यासलको तुल्सीलाल स्मृति भवनमा स्थानान्तरण गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।