नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागी गराइने : एसियन खेलमा २३ खेलमा नेपालले सहभागिता जनाउने

 वैशाख ९, २०७९ शुक्रबार १७:४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागी गराइने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले प्रस्तावमा आएका ३८ खेलमा दुई खेललाई हटाएर ३६ खेल समावेश गर्ने निर्णय गरेको हो ।

ठेलो र क्यानोनिङलाई  प्रदर्शनी खेलका रुपमा राखिएको छ । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुने प्रतियोगिताका लागि बैठकले प्रतियोगिता निर्देशिकासमेत पारित गरेको छ ।

 यस्तै बैठकले  एसियन खेलमा भने २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ ।  

बैठकले चीनमा हुने एसियन खेलका लागि चाँडै खेलाडीको तयारी पनि सुरु गर्ने निर्णय गरेको छ । नवौँ राष्ट्रिय खेलकुदमा  भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टिक, कबड्डी, बास्केटबल, शारीरिक सुगठन, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, बुद्धिचाल, खोखो, कराते, फुटबल कन्ट्याक्ट कराते, आईटीएफ तेक्वान्दो, सेपाक्टाक्रो, प्याराग्लाइडिङलाई समावेश गरिने भएको छ ।  

यस्तै, एसियन खेलहरुमा तेक्वान्दो, कराते, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, फेन्सिङ, महिला ह्याण्डबल, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिस सहभागी हुने भएका छन् ।

यस्तै, यो पटकको एसियन खेलका लागि आयोजकले तयारी पूरा गरेको बताएका छन् । एसियन खेलमा यो पटक कुल ३७ वटा खेललाई समावेश गरिए पनि   नेपालले भने २३ खेलमा भाग लिने भएको हो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया