खानी तथा बालुवा व्यवस्थापन सम्बन्धी छलफलमा गाउँपालिका प्रमुख नै आएनन्

 असोज १, २०७५ सोमबार १५:१४:३२ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – नदी र खानीजन्य दिगो व्यवस्थापन समस्या र समाधानको खोजी विषयक छलफल कार्यक्रममा बालुवा खानी उत्खनन् गर्ने र निकासी गर्ने गाउँपालिका प्रमुखहरु नै अनुपस्थित भएका छन् ।

जिल्ला समन्वय समितिको आयोजनामा जिल्लामा रहेका नदी र खानीजन्य पदार्थहरुको दिगो व्यवस्थापन, समस्या र समाधानको खोजी विषयका सार्वजनिक नीति सम्बाद कार्यक्रममा बेनिघाट रोराङ, गजुरी र गल्छी गाउँपालिका प्रमुखहरु नै अनुपस्थित भएका हुन् ।

धेरै बालुवा निकासी गरिरहेका तीनओटा गाउँपालिकाहरुले जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सहभागिता नजनाएपछि अन्य गाउँपालिका, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले समेत खानी उत्खनन् गर्ने र निकासी गर्ने मुख्य गाउँपालिकाहरु नै अनुपस्थित हुनुलाई सकारात्मक रुपमा लिन नसकिने बताएका छन् ।

जिल्लामा नदी तथा खानीजन्य पदार्थहरुमा स्थानीय सरकारले लगाएको करलाई एकरुपता कायम गर्न जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिमा जिल्लाका सबै गाउँपालिका प्रमुख र उपप्रमुख, जिल्ला प्रशासन कार्यालय, सम्बन्धित व्यवसायी प्रतिनिधि रहेको सर्वपक्षिय समितिले स्थानीय सरकारहरुले लगाउने करहरु पालिका अनुसार फरक फरक भएकोले व्यवस्थापन गर्न सहज बनाउन संयुक्त सर्वपक्षिय समिति गठन गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी विनोद अर्यालले बताउनुभयो ।

बालुवा तथा नदीजन्य पर्दाथको उत्खनन् तथा निकासी गर्दा पर्यावरणको संरक्षण, त्रिशुलीलगायत यसको जलाधार क्षेत्रको संरक्षण र पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने गरी उत्खनन् गरेर विकासको काम गर्ने गाउँपालिका प्रमुखहरुले बताएका छन् ।  

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया