भरतपुरकाे मेयरमा ११ जनाकाे उम्मेदवारी

 वैशाख ११, २०७९ आइतबार १९:३९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि भरतपुर महानगरपालिकाको मेयरमा ११ जनाको उम्मेदवारी परेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज आइतवार ६ राजनीतिक दल र पाँच स्वतन्त्र उम्मेदवारले  महानगरकाे मेयरमा मनाेनयन दर्ता गराएका हुन् । उपमेयरमा तीन जनाको उम्मेदवारी परेको छ । 

कार्यालयका अनुसार आज नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेलिनवादी) बाट सूर्यप्रसाद रेग्मी, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुनमगर, मौलिक जरोकिलो पार्टीबाट विनोदकुमार गिरी र उन्नत लोकतन्त्र पार्टीबाट दीपेन्द्र बास्तोलाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यस्तै स्वतन्त्रतर्फ रामकृष्ण ओझा, हरिश्चन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल र रुद्रप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।  

उपमेयरमा नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेलिनवादी) बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर र मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट शुष्मा तमाङ्ले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया