काठमाण्डाैकाे मेयरमा राप्रपाबाट मदनदास श्रेष्ठद्वारा उम्मेदवारी दर्ता

 वैशाख १२, २०७९ सोमबार १४:४१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कलाकार तथा अभिनेता मदनदास श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ । 

आज सोमवार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभा गृह पुगेर श्रेष्ठले मेयरमा मनोनयन दर्ता गराउनु भएको हो । कलाकार श्रेष्ठ लामाे समयदेखि राप्रपामा सक्रिय हुनुहुन्छ । 

उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले महानगरवासीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । कलाकार श्रेष्ठले आफू विजयी भएमा अव्यवस्थित रूपमा रहेको काठमाण्डाै नगरलाई व्यवस्थित बनाउने, ज्येष्ठ नागरिक र बालबालिकाका लागि बाटिका, युवालाई रोजगारीको अवसर सृजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राप्रपाले काठमाण्डाै महानगरपालिकाको उपमेयरमा भने विनिता मगैयालाई उम्मेदवार बनाएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया