वीरगञ्जकाे मेयरमा एमालेबाट सरावगी र उपमेयरमा लाेसपाबाट झाको उम्मेदवारी दर्ता

 वैशाख १२, २०७९ सोमबार १६:४४:० | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – वीरगञ्ज महानगरपालिकाकाे मेयरमा नेकपा एमालेबाट विजयकुमार सरावगीको उम्मेदवारी दर्ता भएको छ । वीरगञ्जमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ । सरावगीको प्रस्तावकमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पर्साका इन्चार्ज प्रभु हजरा र सर्मथकमा पार्टीको महानगर कमिटीका अध्यक्ष राजेन्द्र राउत अहिर रहनुभएको छ । 

वीरगञ्जको घण्टाघरबाट नेता, कार्यकर्तासहितकाे जुलुसकाे नेतृत्व गर्दै सरावगी उम्मेदवारी दर्ता गराउन जिल्ला समन्वय समितिको कार्यालयमा पुग्नुभएको थियो ।

त्यसैगरि वीरगञ्जकाे उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट पुरुषोत्तम लाल झाले उम्मेदवारी दर्ता गराउनु भएको छ । सरावगी र झा दुवै जना पार्टीको संयुक्त जुलुससहित निर्वाचन कार्यालय जानु भएको थियो ।

सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार सरावगीले साना पार्टीमा बसेर वीरगञ्जको विकास गर्न नसकिने निष्कर्षका साथ आफू एमालेमा प्रवेश गरेको बताउनुभयो । उहाँले वीरगञ्जका नागरिककाे अमूल्य मत आफूले पाउने विश्वास पनि व्यक्त गर्नुभयाे । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया