युरोपेली च्याम्पियन्स लिगमा फिएनोर्ड, बेनिफिका, ब्रायन म्युनिख ...
फागुन १, २०८१ बिहिबार
सुनसरी – पालिका चुनावका लागि सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा २२ जनाको उम्मेदवारी परेको छ । धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार अस्ति आइतवार र हिजो सोमवार दुई दिनको समयमा धरानको मेयर पदमा २२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
धरानको मेयरमा विभिन्न राजनीतिक दलबाट १४ र स्वतन्त्र रूपमा आठ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेबाट निवर्तमान उपमेयर मञ्जु भण्डारी सुवेदी, कांग्रेसबाट किशोर राई, राप्रपा नेपालबाट पासाङ शेर्पा, मौलिक जारोकिलो पार्टीबाट रेणुका विक र मंगोल नेशनल अर्गनाइजेशनबाट दिपाकुमारी राईले उमेदवारी दर्ता गराउनुभएको छ । यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीबाट राजेशकुमार राई, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट अम्बरबहादुर लिम्बु, सचेत नेपाली पार्टीबाट सुम्मिता कार्की, खुम्बुवान राष्ट्रिय मोर्चाबाट उमेश राई, आमूल परिवर्तन मसिहा पार्टीबाट लोकेन्द्रबहादुर डङ्गोल, राप्रपाबाट नरेशकुमार शाक्य, नेकपा एसबाट रेवतीरमण राई, लिम्बुवान जनता समाजवादी पार्टीबाट ताजुबकुमार लिम्बु र लोकतान्त्रिक समाजवादी पार्टीबाट राजकुमार राईले मेयर पदमा मनोनयन दर्ता गराउनुभएको छ ।
यसैगरी स्वतन्त्र रूपमा हर्कराज राई, सुवर्णशमसेर राई, सूर्यबहादुर न्यौपाने, रत्नबहादुर कटुवाल, टोलकुमारी लुइँटेल, सञ्जीव भट्टराई, सञ्जय पाण्डे र श्यामकुमार भुजेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
धरानको उपमेयर पदमा ११ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कार्यालयका अनुसार उपमेयरमा दुई जना स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी दर्ता भएको हो । एमालेबाट पदमप्रसाद लिम्बु, माओवादीबाट (गठबन्धनतर्फबाट) बाट आइन्द्र विक्रम बेघा, नेकपा एस बाट अमृता सुनार, राप्रबाट पूर्णमाया राई, जसपाबाट विनाकुमारी राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट श्यामकुमार तामाङ, संघीय लोकतान्त्रीक पार्टीबाट सरस्वती सुब्बा, किरात खुम्बुवान साझा पार्टीबाट हर्कराज राई र मौलिक जारोकिलो पार्टीबाट हेमकुमार दाहालले उमेदवारी दिनुभएको छ । यस्तै स्वतन्त्र रूपमा दत्तकुमार लिम्बु र प्रेमप्रसाद तिम्सिनाले धरानको उपमेयर पदमा मनोनायन दर्ता गराउनुभएको हो ।
यसैगरी धरानका २० वडाध्यक्षका लागि एक सय २४ जनाले, २० वटै खुला वडा सदस्यका लागि एक सय ६६ जनाले, २० महिला वडा सदस्यका लागि ७६ जनाले, २० दलित महिला वडा सदस्यका लागि ७३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नेपालले जानकारी दिनुभएको छ । उहाँका अनुसार धरानको मेयर, उपमेयर र वडाध्यक्ष तथा वडा सदस्यसहितका पदमा चार सय ७१ जनाले मनोनयन दर्ता गराएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।